उपनिर्वाचन प्रचारका क्रममा सवारीसाधन र लाउड स्पीकरको अनधिकृत प्रयोग नियन्त्रण गर्न निर्देशन

adminNovember 25, 20241min260
election commision

निर्वाचन आयोगले आगामी स्थानीय तहको उपनिर्वाचनको प्रचारका क्रममा तोकिएको भन्दा बढी सवारीसाधन र लाउड स्पीकरको प्रयोग भएको भन्दै स्थानीय प्रशासनलाई त्यसलाई नियन्त्रण गर्न निर्देशन दिएको छ।

आयोगको आइतबारको बैठकले निर्वाचन आचारसंहिता र कानुनविपरीत कार्य नगर्न सचेत गराउँदै, स्थानीय तहको उपनिर्वाचनका लागि प्रचारप्रसारको अवधि सुरु भई राजनीतिक दल र उम्मेदवारहरूको गतिविधि बढिरहेका बेला आचारसंहिता पालनाको महत्वलाई जोड दिएको हो।

आयोगले भनेको छ कि सवारीसाधनमा लाउड स्पीकरको अनधिकृत प्रयोगको सूचना प्राप्त भएपछि त्यसलाई कब्जामा लिई कानूनी कारबाही गरिनेछ। यसै क्रममा, आयोगले सम्बन्धित सबैलाई सचेत गराउँदै आचारसंहिता विपरित हुने कार्य नगर्न निर्देशन दिएको छ।

निर्वाचन प्रचारप्रसारका क्रममा आयोगले तोकेको सवारीसाधनको सङ्ख्या र अनुमति बिना अन्य सवारी साधन प्रयोग गर्न वा गराउनु नपर्ने प्रावधान राखेको छ। यसका उल्लङ्घनकर्तालाई आयोगले रु २५,००० सम्मको जरिवाना तोक्ने निर्णय गरेको छ। साथै, अनधिकृत प्रयोग भएका सवारीसाधन निर्वाचन अवधिभरका लागि कब्जामा लिन सक्ने व्यवस्था पनि गरिएको छ।

स्थानीय तहको उपनिर्वाचन आगामी मङ्सिर १६ गते आइतबार हुने छ।


हाम्रो बारे

सुनकोशी आदर्श अनलाइन मिडिया प्रा.लिद्धारा सञ्चालित
आदर्शपोष्टका लागी अधक्ष्य: प्रेम कुमार लामा
सूचना विभाग दर्ता नम्बर: २३८२/०७७/०७८


ठेगाना

सम्पर्क