कुनै कुनै सिनेमा यस्ता हुन्छन्, जसले मनोरञ्जनसँगै मिठो अनुभूति दिन्छन्। जीवन र जीवन अनुभवहरूलाई बेग्लै तरिकाले हेर्न सिकाउँछन्। नजरअन्दाज गरिएका सामान्य कुराहरूको पनि महत्त्व बुझाइदिन्छन्। यस्तै सिनेमा हो ‘८ ए.एम. मेट्रो।’ यो दुई अनौठा साथीबीचको अनौठो कथा हो। साथी पात्रमध्येकी एक हुन् इरावती। उनी आफ्ना श्रीमान, एक छोरा र एक छोरीसँग बस्छिन्। उनको दैनिकी सामान्य हुन्छ। बिहान उठ्यो, खाना-खाजा पकायो, छोरीछोरालाई […]