नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले कमजोर भएको टिप्पणी गर्नेहरुलाई चुनौती दिँदै एक सार्वजनिक सभामा जवाफ दिएका छन्। दरबारमार्गमा जारी कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले, “यो सभा नै त्यसको स्पष्ट जवाफ हो,” भने।
श्रीलंकाको उदाहरण दिँदै पोखरेलले वामपन्थी सरकारले श्रीलंकाको संकटलाई समाधान गरेको बताए। उनले थपे, “नेपालको समस्याको समाधान पनि एमाले नेतृत्वको सरकारबाट मात्र सम्भव छ।”
एमालेको नेतृत्वमा सरकारको काम सुरु भएको छ र यसले सुशासन र आर्थिक सुधारका दिशा तय गरेको महासचिव पोखरेलले विश्वास व्यक्त गरे।