आस्मा पौडेल ‘नेचुरल लिभिङ’ मा विश्वास राख्छिन्। प्राकृतिक जीवनको अवधारणामा अर्गानिक, दिगो र विषादीरहित उत्पादन प्रयोग गरिन्छ। काठमाडौंकी बासिन्दा आस्माले एक दशकदेखि यस्तै जीवनशैली अभ्यास गरेकी छन्। यही अभ्यास क्रममा उनले प्राकृतिक र जैविक सामग्रीको व्यवसाय पनि सुरू गरिन्, ‘असली हिमाली’। दुई वर्षअघि सुरू भएको असली हिमालीमा साबुन, स्याम्पू, फेसबार, डियोडरेन्ट, कोल्डबाम, लिपबाम लगायत छाला स्याहारका सामग्री पाइन्छ। बेसार, मसला, नुन, मिश्री, मह, मह […]