प्रचण्डको दाबी: उपनिर्वाचनमा माओवादीको जनमत उत्साहजनक

adminDecember 3, 20241min110
Prachanda-statement

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै सम्पन्न उपनिर्वाचनबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको दाबी गरेका छन्। उनले निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबले पार्टीको प्रदर्शन प्रशंसनीय रहेको बताएका छन्।

प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्, “हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा नयाँ संकल्पको रुपमा लिएको थियो। विशेषगरी, माओवादी केन्द्र नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउने अवसरको रुपमा हामीले उपनिर्वाचनलाई लिएका थियौं।”

उनका अनुसार विभिन्न स्थानमा अवाञ्छित गठबन्धनहरु भए पनि पार्टीले ती चुनौतीलाई चिर्दै विजय हासिल गरेको छ। यसले माओवादी केन्द्रका एजेण्डा र अभियानलाई जनताले अनुमोदन गरेको पुष्टि हुने प्रचण्डको ठहर छ।

प्रचण्डले आगामी दिनमा सुशासन, सामाजिक न्याय, र आर्थिक समृद्धिका एजेण्डालाई केन्द्रमा राख्दै निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको सेवामा पूर्ण रुपमा परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्।

उनको भनाइमा, माओवादी केन्द्रले राजनीतिक स्थायित्व र जनताको समृद्धि सुनिश्चित गर्ने आफ्नो मार्गचित्रलाई थप सुदृढ बनाउँदै लैजानेछ।


हाम्रो बारे

सुनकोशी आदर्श अनलाइन मिडिया प्रा.लिद्धारा सञ्चालित
आदर्शपोष्टका लागी अधक्ष्य: प्रेम कुमार लामा
सूचना विभाग दर्ता नम्बर: २३८२/०७७/०७८


ठेगाना

सम्पर्क