adminSeptember 14, 2024
china-briddha_O0RlMdF1Mg.jpg

1min640
सन् १९५० पछि चीनले पहिलोपटक अवकाशको उमेर बढाउने भएको छ। चीनमा वृद्धको संख्या धेरै छ। चिनियाँ सरकारले अवकाश उमेर बढाउने प्रस्ताव शुक्रबार स्वीकृत गरेको हो। जसअनुसार ब्लु कलर जब (कडा परिश्रम) गर्ने महिलाको अनिवार्य अवकाश उमेर ५० बाट बढाएर ५५ वर्ष पुर्‍याइएको छ। ह्वाइट कलर (पेसेवर) महिलाको हकमा यो उमेर ५५ वर्षबाट बढाएर ५८ वर्ष पुर्‍याइएको छ। पुरुषको […]

adminSeptember 14, 2024
kejariwal_1OmYGfSWDX.jpg

1min600
भारतीय सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमुक्त भएका छन्। दिल्लीको तिहाड जेलबाट बाहिर निस्केलगत्तै केजरीवालले नाम नलिई भाजपालाई निशाना बनाएका छन्। उनले भने- यी मानिसहरूले मलाई जेलमा राखेर मेरो मनोबल तोड्ने सोचेका थिए। आज म जेलबाट छुटेको छु र मेरो हिम्मत सय गुणा बढेको छ। सर्वोच्च अदालतले आजै […]

adminSeptember 12, 2024
F-16-aircraft-1722510567.jpg

1min720
युक्रेनले नेटो राष्ट्रहरूबाट पाएको एउटा अमेरिकी एफ-१६ लडाकु विमान युद्धको क्रममा खसेपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले वायु सेना प्रमुखलाई बर्खास्त गरेका छन्। जेलेन्सकीले सामाजिक संजाल टेलिग्रामको माध्यमबाट वायु सेना प्रमुख लेफ्टिनेन्ट जनरल माइकोला ओलेस्चुकलाई बर्खास्त गरेको घोषणा गरेका छन्। उनले ओलेस्चुकलाई बर्खास्त गर्नुको कारण नखुलाए पनि एफ-१६ लडाकु विमान खसेका कारणले हुनसक्ने अनुमान गर्न सकिन्छ। […]

adminSeptember 12, 2024
m.yunus-1722998183.jpg

1min630
बंगलादेशको अन्तरिम सरकारले इस्लामिस्ट जमात-ए-इस्लामी पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ। बुधबार नोबल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले उक्त पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ। निर्वासनमा रहेकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले ‘आतंकवादी’ संगठन भन्दै प्रतिबन्ध लगाएको थियो। हसिनाले उक्त पार्टीकै विद्यार्थी र यसका विभिन्न निकायमा संलग्न […]

adminSeptember 12, 2024
Biden-Zelensky-CNN-1724846237.png

1min740
युक्रेनले रूसको कुर्स्क क्षेत्रमा सफलता हात पारेपछि प्रहार गर्ने ठाउँहरूको सूची बनाएर रूसको अझै भित्र अमेरिकी हतियार प्रयोग गर्न अमेरिकाको अनुमति माग्ने भएको छ। युक्रेनले रूसभित्र पसेर करिब १२५० वर्ग किलोमिटर भूमि र दर्जनौं गाउँ कब्जा गरेको दाबी गरेको छ। दोस्रो विश्वयुद्धपछि कुनै राष्ट्रले रूसी भूमि कब्जा गरेको यो पहिलो पटक हो। रूसी राष्ट्रपति भ्लादिमिर […]

adminSeptember 12, 2024
12.jpg

1min550
भेनेजुएलाको राष्ट्रपतीय निर्वाचन जितेको मानिएका विपक्षीका साझा उम्मेदवार एडमुण्डो गोन्जालेजले स्पेनमा शरण लिएका छन्। जुलाई २८ मा भएको निर्वाचन ७५ वर्षीय पूर्वकूटनीतिज्ञ गोन्जालेजले जितेको मानिन्छ। तर राष्ट्रपति निकोलास मादुरोको समाजवादी पार्टीका सदस्यको नेतृत्वमा रहेको निर्वाचन गर्ने निकायले ६१ वर्षीय मादुरो निर्वाचित भएको घोषणा गरेको थियो। विपक्षीले भोटिङ मेसिनको कागजातका आधारमा प्रकाशित गरेको मत परिणामको छानबिन […]

adminSeptember 12, 2024
google-and-apple-1725969382-1280x720.jpg

1min610
युरोपियन युनियन (इयु) ले प्रविधि उद्योगसँगको लडाइँमा मंगलबार ठूलो सफलता हासिल गरेको छ। इयुको सर्वोच्च अदालत (कोर्ट अफ जस्टिस अफ द युरोपियन युनियन) ले एप्पल र गुगलसँगको पुरानो मुद्दामा आदेश दिएसँगै इयुले ठूलो सफलता हात पारेको हो। प्रतिस्पर्धालाई खुम्च्याएको भन्दै इयुको नियामक निकायले लामो समयदेखि एप्पल र गुगलमाथि कारबाही गर्दै आएको थियो। मंगलबार कोर्ट अफ जस्टिसले गरेको एप्पल सम्बन्धी आदेश […]


हाम्रो बारे

सुनकोशी आदर्श अनलाइन मिडिया प्रा.लिद्धारा सञ्चालित
आदर्शपोष्टका लागी अधक्ष्य: प्रेम कुमार लामा
सूचना विभाग दर्ता नम्बर: २३८२/०७७/०७८


ठेगाना

सम्पर्क