Related Articles
ताजा समाचार
- सुनकोशीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गायन प्रतियोगिता सम्पन्न
- सन् २०२४ का लागि बीबीसीद्वारा १०० प्रेरक तथा प्रभावशाली महिलाको सूची सार्वजनिक
- प्रचण्डको दाबी: उपनिर्वाचनमा माओवादीको जनमत उत्साहजनक
- काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले गरिन् शपथग्रहण
- मदन भण्डारी लोकमार्ग-हरिहरपुरगढी-जितपुरगढी-कर्मिडाँडा-चपरा सडक शिलान्यास कार्यक्रम सम्पन्न
संघीय सरकारको बिशेष अनुदान अन्तर्गत हरिहरपुरगढी गाउँपालिकाको वडा नं. ५ स्थित बालकल्याण प्राथमिक विद्यालयको नवनिर्मित ४ कोठे भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
उद्घाटन समारोहमा हरिहरपुरगढी गाउँपालिका अध्यक्ष श्री बज्रध्वज वाईबा ज्यूको समुपस्थतिमा सिन्धुली जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य माननीय लेखनाथ दाहाल “राजन” ज्यु द्वारा भवनको औपचारिक उद्घाटन गरिएको हो।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्री चेख बहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, वडा नं. ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता कमल कुमार राई, वडा नं. ५ का वडा अध्यक्ष साईला लामा, निवर्तमान उपाध्यक्ष अनिता कुमारी राई लगायत कार्यपालिका सदस्यहरू, विद्यालयका शिक्षक-शिक्षिकाहरू, शाखागत कर्मचारीहरू, पार्टीका प्रतिनिधि, पत्रकारहरू र स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
उद्घाटनपछि विद्यालयका छात्र-छात्राहरूसँग कुराकानी गर्दै माननीय दाहाल “राजन” ज्युले विद्यालयको नयाँ भवनले शिक्षा क्षेत्रको सुधारमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले गाउँपालिका र अन्य संघीय निकायहरूको समन्वयमा अझै प्रभावकारी विकासको काम अघि बढाउने प्रतिवद्धता जनाए।
साथै, गाउँपालिका अध्यक्ष श्री बज्रध्वज वाईबा ज्यूले विद्यालय भवनको उद्घाटनलाई ऐतिहासिक उपलब्धि मान्दै, आगामी दिनहरूमा गाउँको शिक्षा स्तरलाई अझ सुदृढ बनाउन थप पहल गरिने कुरा बताएका थिए।
यस नयाँ विद्यालय भवनको निर्माणले विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार र शिक्षिका-शिक्षिकाहरूलाई राम्रो कार्यक्षेत्र प्रदान गर्ने विश्वास गरिएको छ।