पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानमा अन्त्येष्टि, सोमबार सार्वजनिक बिदा

adminNovember 18, 20241min800
ca

पूर्व सभामुख स्व. दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ राष्ट्रिय सम्मानका साथ गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै, उनलाई राष्ट्रिय सम्मानमा अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बैठकले ढुङ्गानाको शोकमा सोमबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ। सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बैठकमा स्व. ढुङ्गानाको योगदानको कदर गर्दै, शोक र समवेदना व्यक्त गरिएको जानकारी दिएका छन्। साथै, स्वदेश र विदेशका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरिएको छ।

स्व. ढुङ्गानाको पार्थिव शरीर सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सानो गौचरणमा श्रद्धाञ्जलीका लागि राखिने छ। श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र अन्य उच्च सरकारी अधिकारीहरूको सहभागिता रहनेछ।

पूर्वसभामुख ढुङ्गानाले आफ्नो ८३ वर्षको जीवनकालमा नेपाली राजनीति र संसदीय प्रणालीमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। उनका परिवारमा श्रीमती, दुई छोरा र एक छोरी रहेका छन्।


हाम्रो बारे

सुनकोशी आदर्श अनलाइन मिडिया प्रा.लिद्धारा सञ्चालित
आदर्शपोष्टका लागी अधक्ष्य: प्रेम कुमार लामा
सूचना विभाग दर्ता नम्बर: २३८२/०७७/०७८


ठेगाना

सम्पर्क