एमटीभी म्युजिक भिडियो अवार्डमा के-पपको वर्चस्व (तस्वीर)

adminSeptember 12, 20243min450
MTV-Award-KPop

काठमाडौं । एमटीभी म्युजिक भिडियो अवार्ड्स-२०२४ मा टेलर स्वीफ्ट, ब्ल्याकपिंककी लिसा र सेभेन्टिन जस्ता सांगीतिक हस्तीले धेरै विधामा पुरस्कार जितेका छन् । यसपटकको समारोहमा पछिल्लो समय विश्व संगीतमा के-पपको प्रभाव स्पष्ट देखियो ।

पपस्टार लिसा र सेभेन्टिनजस्ता के–पप समूहले समारोहको मञ्चमा आकर्षक प्रस्तुति दिए । कलाकारको विश्वव्यापी पहुँचलाई हाइलाइट गर्ने हिसाबले यसपकको अवार्ड समारोह अपवाद रहेन ।

लिसाले आफ्नो पछिल्लो हिट ट्रयाक ‘रकस्टार’बाट उत्कृष्ट के-पपको अवार्ड जितिन् । सेभेन्टिनले उत्कृष्ट सांगीतिक समूहको अवार्ड जित्यो । अमेरिकी गायिका टेलर स्विफ्टले ‘आर्टिस्ट अफ द इयर’सहित सात विधामा अवार्ड जितिन् ।

उनले जितेको एक विधा ‘भिडियो अफ द इयर’ पनि थियो,  जसका लागि उनले पोस्ट म्यालोनसँग सहकार्य गरेकी थिइन् । सविना कार्पेन्टरको ‘एस्प्रेस्सो’ले वर्षगीतको अवार्ड जित्यो ।

फर्टनाइटबाट टेलर स्विफ्टले बेस्ट पपको अवार्ड उचालिन् । एमिनेमले ‘हौडिनी’बाट उत्कृष्ट हिपहपको पुरस्कार जिते । यही गीतबाट दुआ लिपाले उत्कृष्ट कोरियोग्राफीको अवार्ड जितिन् ।

तस्वीरहरु

     

Leave a Reply

Your email address will not be published. Required fields are marked *


हाम्रो बारे

सुनकोशी आदर्श अनलाइन मिडिया प्रा.लिद्धारा सञ्चालित
आदर्शपोष्टका लागी अधक्ष्य: प्रेम कुमार लामा
सूचना विभाग दर्ता नम्बर: २३८२/०७७/०७८


ठेगाना

सम्पर्क