पछिल्लो केही दिनदेखि जुम्ला र आसपासका क्षेत्रमा चिसोको प्रभाव ह्वात्तै बढेको छ। आज बिहान जुम्लामा तापक्रम -२.८ डिग्री सेल्सियसमा पुगेको छ, जसले यहाँका बासिन्दा र कृषकलाई समस्यामा पारिरहेको छ।
जिल्लामा भएको अत्यधिक चिसोका कारण विभिन्न क्षेत्रमा हिउँ र कुहिरो परेको छ। यसले सडक यातायातमा अवरोध सिर्जना गर्दै, कृषिमा पनि असर पुर्याउने चिन्ता उत्पन्न गरेको छ। विशेष गरी आलु, तोरी खेती गर्ने कृषकहरू यस चिसोबाट बढी प्रभावित भएका छन्।
तापक्रमको गिरावटसँगै स्थानीय बासिन्दा र किसानले चिसोबाट बच्नका लागि आफ्नो तयारी गरेको बताएका छन्। यस बीच, मौसमविद्हरूले आगामी दिनमा अझै चिसो बढ्न सक्ने संभावना व्यक्त गरेका छन् र यसका लागि आवश्यक सतर्कता अपनाउन आह्वान गरेका छन्।
स्थानिय प्रशासनले बासिन्दाहरूसँग चिसोको प्रभाव र बचावका उपायहरूबारे जानकारी साझा गर्दै आवश्यक कदम चाल्न चेतावनी दिएको छ।