सिन्धुलिको सुनकोसी गाउपालिकाले आज एक सुचना जारी गर्दै २०८१/०६/११ गते देखि अविरल बर्षाको कारण बाढी पहिरोले पालिकाको विभिन्न स्थानमा भौतिक तथा मानवीय क्षती भएको जनाउदै नदि तटीय तथा जोखिमयुक्त क्षेत्रहरुमा थप सतर्कता अपनाउन र अत्यावश्यक अवस्था बाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।
यस विपदकाे अवस्था व्यवस्थापन नहुँदा सम्म गाउपालिका भित्रको सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द रहने र गाँउपालिकाबाट निर्धारित विभिन्न परीक्षा लगायत कार्यहरु हाललाई स्थगित गरिएकाे सुचना मार्फत जनाएको छ ।
पालिकाले यस बिपदको घडीमा थप क्षति हुन नदिन, खोज तथा उद्दारको कार्यलाई प्रभावकारी तुल्याउन गाउपालिका अन्तर्गतका बिपद ब्यवस्थापन समिती, सबै सुरक्षा निकायहरू, रेडक्रस लगायत अन्य गैरसरकारी सामाजिक संघ सस्थाहरु, नागरिक समाज, स्वयमसेवि सस्थाहरु लगायत सम्पुर्ण सरकारवालाहरुलाई आआफ्नो क्षेत्रबाट उदार तथा राहत कार्यमा सहयोग गर्न समेत अपिल गरेको छ ।