काठमाडौं । सहकारी संस्थाका बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ ।
शनिबार बेलुका ५ बजे सिंहदरबारमा समितिले प्रधानमन्त्री ओलीसँग सुझाव लिन र छलफल गर्न लागेको हो ।
संसदीय छानबिन विशेष समिति प्रतिवेदनलाई अन्तिमरूप दिनेगरी छलफल अगाडि बढाएको छ।
समितिले शुक्रबार गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी र आईजीपी वसन्त कुँवरसँग छलफल गर्दै सहकारीको रकम ठगेर विदेशमा फरार २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा उपलब्ध गराउन निर्देशन दिएको थियो ।
समितिले फरार व्यक्तिहरूको खोजबिन गर्न गत साउन १३ गते गरिएको निर्देशनको कार्यान्वयनबारे छलफल गरेको सभापति सूर्य थापाले जानकारी दिए।
-
आज तीनवटा सहकारी सञ्चालकको बयान लिँदै छानबिन समिति
-
आज पनि कैदीबन्दीसँग बयान लिँदै संसदीय विशेष समिति
-
रवि लामिछाने मुछिएको सहकारीका कोषाध्यक्षलाई जेलबाट झिकाएर आज बयान लिइने
-
अर्थमन्त्री शर्मा प्रकरण : छानबिन समितिको प्रतिवेदन लागू नगर्न माग गर्दै सर्वोच्चमा रिट
-
सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित गर्नुपर्ने संसदीय समितिको निष्कर्ष
-
संसदीय समितिको निष्कर्ष – सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले नियमको पालना गरेन