बंगलादेशको इस्लामिस्ट जमात-ए-इस्लामी पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा

adminSeptember 12, 20241min1650
m.yunus-1722998183

बंगलादेशको अन्तरिम सरकारले इस्लामिस्ट जमात-ए-इस्लामी पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ।

बुधबार नोबल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले उक्त पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ।

निर्वासनमा रहेकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले ‘आतंकवादी’ संगठन भन्दै प्रतिबन्ध लगाएको थियो। हसिनाले उक्त पार्टीकै विद्यार्थी र यसका विभिन्न निकायमा संलग्न व्यक्तिहरूले आरक्षणविरोधी प्रदर्शन गरेको आरोप लगाएकी थिइन्।

गृह मन्त्रालयले इस्लामिस्ट जमात-ए-इस्लामी पार्टीको प्रतिबन्ध फुकुवा गरेसँगै अब पार्टीले राजनीतिक गतिविधि गर्न पाउने भएको छ। यद्यपि पार्टीले चुनाव लड्नका लागि निर्वाचन आयोगमा गएर दर्ता गर्नुपर्नेछ।

उक्त पार्टीमाथि सन् २०१३ देखि प्रतिबन्ध लगाइएको छ।


हाम्रो बारे

सुनकोशी आदर्श अनलाइन मिडिया प्रा.लिद्धारा सञ्चालित
आदर्शपोष्टका लागी अधक्ष्य: प्रेम कुमार लामा
सूचना विभाग दर्ता नम्बर: २३८२/०७७/०७८


ठेगाना

सम्पर्क